आज: २०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

धादिङ जिल्लामा क्रिायाशील नारी ग्रप संस्थाद्रारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

२०८३ आश्विन ३, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -३ असोज ।

लामो समयसम्म धादिङ जिल्लामा क्रियाशील संस्था नारी जागरण केन्द्र र नारी विकास सहकारी संस्थाले आज एक विशेष कार्यक्रमको आयोजना गरी बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ।

महिला तथा बालबालिकाको क्षेत्रमा विगत तिन दशकदेखी सशक्तिकरण,महिला तथा बाल स्वास्थ्य सुधार,लैंगिक तथा घरेलु हिंसा विरुद्धका सचेता कार्यक्रम,शिक्षा लगायतका सवालमा काम गर्दै आइरहेको एन.जे.के. द्वारा निर्माण गरिएको नारी विकास सहकारी संस्थाले बाल समुहमा आवद्ध रहेका नर्सरीदेखी कक्षा १२ सम्म अध्ययनरत तथा १८ वर्ष मुनिका ६५७ जना आफ्ना बालबालिकामध्य समुहका उत्कृष्ट पहिलो,दोस्रो,तेस्रो र सान्तोना पुरस्कार राशी ८५०देखी रु,१५०० सय नगद पुरस्कारसहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।

नारी ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण तथा विपन्न वर्गका बालबालिकाहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम,पेन्सील,अझै विपन्न बालबालिकालाई विद्यालय पोशाक समेत उपलव्ध गराउने कार्य गरेको थियो ।

६२ औं राष्ट्रीय बाल दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम धादिङको निलकण्ठ नगरपालिका ३ धादिङवेशी बिचबजार विपी टोलस्थित नारी ग्रुपको आफ्नै कार्यालय भवनमा सम्पन्न गरिएको हो । यस कार्यक्रमबाट ६५७ जना बालबालिकाहरू लाभान्वित भएका छन् ।

संस्थाकी अध्यक्ष भगवती उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाकी सचिव मेनुका सापकोटाले सन्चालन गरिएको थियो । कार्यक्रममा नारी ग्रुपका कार्यसमितिका पदाधिकारीहरु,शिक्षा तथा विभिन्न उपसमितिका सदस्यहरु,कर्मचारीहरु,सम्वन्धित बालबालिकाहरु,बालबालिकाका अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस