आज: २०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

देउवाका लागि खाली राखिएको कुर्सीमा बस्न उहाँ आउनु भएन : गगन थापा

२०८३ आश्विन १८, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ-१८असोज ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा आदर सम्मानका साथ आमन्त्रण गर्दा पनि उनी कार्यक्रममा सहभागी हुन नआएको बताउनु भएको छ।

आजदेखी असोज २१ गतेसम्म संन्चालन हुने कांग्रेसको १५औँ महाधिवेशन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक धाउने र कहिलेसम्म उहाँको पर्खाइमा बस्ने भन्ने प्रश्नसमेत उब्जिएको बताउनु भएको हो ।

‘सभापति थापाले पूर्वसभापति देउवाका लागि आफुले सम्मान र आदरपुर्वक कुर्सी खाली राखिएको भएपनि अभिभावक देउवा काँग्रेसको महाधिवेशनमा नआउनु भएकोमा चित्त दुखाई रहेको धारणा राख्नु भएको थियो।

उहाँले विगतमा देशका अन्य ठुला पार्टीहरुमा जस्तै कांग्रेसमा पनि पार्टी र जनताकाबिचमा ठुलो खाडल रहेकोले हामिले जनताका दुखमा सुखमा,र उनीहरुलाई परेका अप्ठ्यारामा सघाउन नसकेका कारण आज देशले यो अवस्था भोग्नु परेको बताउनु भयो ।

यस्तै काँग्रेसका इतरपक्षका नेताहरुलाई लक्षित गर्दै भन्नु भयो,केही साथीहरू पार्टीबाट बाहिरिएको छन्, उनीहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनु पर्ने बताउनु भयो ।

सभापति थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा पुरा समिक्षा गरी अघि बढ्नु पर्ने र पार्टीभित्र रहेका सबैलाई समेट्ने गरी काँग्रेसबाट बाहिरिएका नेता तथा कार्यकर्ताहरूका सम्बन्धमा पनि अब स्पष्ट धारणा बनाउनुपर्ने जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑