
नारी वाटिका डट्कम
भक्तपुर -१९ असोज।
भक्तपुरको सूर्य विनायक नगरपालिका(८ स्थित एक प्लास्टिक दाना कारखानामा भीषण आगलागी भएको छ। जगातीस्थित कँपलिचोक नवराज भट्टले सञ्चालन गर्दै आएको ‘विके सप्लायर्स’मा आज विहान भिषण आगलागी भएको हो।
घटनास्थलमा तत्काल पुगेको जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयवासीको संयुक्त प्रयास गर्दापनि आगो नियन्त्रणमा लिनको लागी करिब दुई घण्टा लागेको थियो । आगलागीबाट उक्त उद्योगमा ठूलो परिमाणको क्षति पुगेको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले जनाएका छन् ।
आगलागीका कारण कारखानामा रहेका मेसिनहरू र प्लास्टिकका कच्चा पदार्थहरू पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ । यससंगै सोही कारखानासग जोडिएको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिइएको छ।
घटनाको प्रारम्भिक विवरण अनुसार आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा घटनाबारे आवश्यक अनुसन्धान गर्ने कार्य गरिरहेको छ।
आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले समेत घट्नास्थल पुगेर आगलागी भएको उद्योगको निरीक्षण तथा क्षतिबारे जानकारी लिएको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस