
बिबियु,नारी वाटीका डट्कम काठमाडौं
धादिङ-२०असोज ।
यस वर्षको विजयादशमीको टीकाको लागी उत्तम साइत कार्तिक ४ गते बिहान १० बजेर २६ मिनेटको समयमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार उक्त दिन बिहान ८ बजेर ४९ मिनेटको समयमा देवी विसर्जन गरी १० बजेर २६ मिनेटको समयलाई टीका लगाउन उत्तम समय मानिएको हो ।
यसैगरी,असोज २५ गते आइतबारका दिन बिहान ११ः४७ बजेको समयलाई घटस्थापनाको शुभसाइत रहेको जनाइएको छ। असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ भने झण्डा पश्चिम मोहडा फर्काएर फेर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको हो।
असोज २९ बिहीबार श्रीपचली भैरव यात्रा हुने र असोज ३१ गते फूलपातीका दिन श्री तुलजा भवानी यात्राको शुभसाइत शनिबार बिहान ७ः३७ बजे साथै स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजेको समयमा उत्तम रहेको छ।
साथै कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि पुजा गरिने र कार्तिक ३ गते मंगलबार महानवमी परेको परेको समितिले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस