आज: २०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

मौसमी न्यून चापीय प्रणालीको प्रभावले आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ आश्विन २२, बिहिबार मा प्रकाशित ( २२ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम

धादिङ-२२असोज ।

पश्चिमी न्यून चापीय प्रणालीले देशभरमा मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिम्पात भई केही स्थानमा असिना समेतको वर्षा हुने सम्भावना छ।

यसैगरी मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा चट्याङसहित मध्यम वर्षा हुने तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै आज राति पनि कोशी प्रदेशका सबै भूभाग तथा देशभर अधिकांश हिमाली र पहाडी क्षेत्रमा मौसम बदली रहने छ भने कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भु-भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको पुर्वानुमान गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑