
बिबियु,नारी वाटीका डट्कम
धादिङ -२४ असोज ।
राज्यको गोप्य सुचना चुहायको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सरकारले सेवाबाट हटाएको छ ।
यसै असोज १९ गते निबलम्बनमा परेका दाहाललाई सुक्रबार सेवाबाट हटाएको गृहदवारा जारी सुचनामा जनाएको छ ।
पुर्वप्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबरासंग मिलेर गोप्य सुचना चुहायको भन्ने मुख्य आरोप लागेका सशस्त्र प्रहरी बलका एआईजी दाहाललाई सरकारले सेवाबाट हटाउने निर्णय गरेको हो ।
सो सम्वन्धमा जाँचबुझ गर्न सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा गठन भएको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो ।
गृह्र मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अुनसार छानबिन समितिको सिफारिसको आधारमा एआईजी दाहाललाई बर्खास्त गरिएको सुक्रबार गृह्रदवारा जारी विज्ञप्त मार्फत जानकारी दिएको हो ।













प्रतिक्रिया दिनुहोस