आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

देवी दुर्गाको शक्ति‍,नवरात्रको सातौं दिनः घरघरमा फूलपाती भित्र्याइँदै

२०८३ कार्तिक १, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -३१ असोज ।

बडादशैं नवरात्रको सातौं दिन आज, नेपालीको घरघरमा फूलपाती भित्र्याइँदैछ । मुख्य दशैंको चारदिन अन्तर्रगत पर्ने आज फूलपाती पहिलो दिन हो । फूलपातीका दिन नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो। विशेषगरी यस दिनमा घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याउने गरिन्छ। दशैं पर्वको मुख्य पहिलो दिनका रुपमा रहेको आज फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइएको छ ।

समुदाय र आ आफ्ना रीति विवाज अनुसार शास्त्रमा नौ प्रकारका फूलपाती रहेको उल्लेख गरिएको छ। केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोकको वृक्ष, माने–कर्कलो र धान– यी नौ प्रकारका सामाग्रीलाई फूलपातीका रुपमा पुजाविधि मानिएका छन्। फूलपाती भित्र्याउनको लागी आज बिहान ७ बजेर ३७ मिनेटको शुभ साइतमा फूलपाती भित्र्याउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

परापुर्व कालदेखी गोरखाबाट ल्याइएको फूलपातीलाई विधिपूर्वक काठमाडौँ ल्याएर हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याउने गरिन्छ। यस कार्यक्रमको अवसरमा नेपाली सेना, सांस्कृतिक समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागितामा रहने गरेको छ।

बडादशैंको फूलपाती पर्वलाई केवल पूजा सामग्री भित्र्याउने मात्रै नभई दैविक शक्ति, प्रकृति, समृद्धि, पारिवारिक एकता र नेपालीको मौलिक संस्कृतिको प्रतीकका रूपमा स्थापित भएको यो ठुलो महत्त्वपूर्ण चाड हो ।

नवरात्रको सातौँ दिन विशेषगरी देवी ‘कालरात्रि’को विधिपुर्वक पूजा हुन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा र चार हात भएकी,उनका हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी महाँकालिका रुपमा प्रकट भएकी देवी कालरात्रि हुन्। उनको कपाल झाँक्रो फिँजाए जस्तो देखिन्छ । साथै घाँटीमा बिजुलीसरह चम्किने माला पहिरिएकी छन्।

देवी महाकालीको विशेष शक्ति रहेको छ । उहाँले श्वास फेर्दा कहिलेकाहीँ आगोको राँको निस्केजस्तो देखिन्छ। कालरात्रिको रुपमा चिनिने माता कालरात्रि देवीको स्वरूप निकै डरलाग्दो देखिन्छ, । साथै उहाँ विराजमान हुनु भएको गोरखाकाली पिठ,मन्दीरको भित्री भागमा रहनु भएकी माता कालीलाई प्रत्यक्ष दर्शन गर्न हतपत समय जुर्दैन पनि । उहाँलाई देखेपछी कमजोर मुटु हुनेहरु निकै डराउने भएकोले मन्दीरको बाहिरी भागमा अवस्थित मुर्तिमा पुजा आरधना गराउने प्रचलन छ ।

तर बडो शक्ति स्वरुपमा महाकाली कालरात्रि देवी यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यी देवीको एक नाम ‘शङ्करी’ पनि हो। कालरात्रि देवीको स्मरण गर्नाले दानव, दैत्य, राक्षस र भूतप्रेतबाट भय नहुने तथा उहाँको नाम जप्ने बित्तिकै त्यस्ता प्रविधिहरु भागेर जान्छन् भनिएको छ।

कालरात्रि देवीले कालरात्रिको रूप लिएर सबै असुर,दानबका शक्तिमाथि विजय प्राप्त गरेको दिनका रूपमा आजलाई लिइन्छ। यस दिन कालरात्रि देवीको आज फूलपातिका दिन विशेष पुजा आरधना गर्नुको साथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गर्नेलगरिन्छ।

माताले भक्तलाई साहस, धैर्य र आत्मविश्वास प्रदान गर्दछिन्। माता कालरात्रिको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता रहेको छ। जीवनका हरेक समस्यालाई पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्रि आफ्ना भक्तलाई हर परिस्थितिमा विजय दिलाउँछिन् भन्ने विश्वास छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑