
अर्घाखाँची-५ कात्तिक ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी बाबुछोराको घटनास्थल मै मृत्यु भएको छ।
गएराति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा परी दुवै जनाले घटनास्थलमै ज्यान गुमाएका हुन्। दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।












प्रतिक्रिया दिनुहोस