आज: २०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

आउने सातापछि वर्षा हुन सक्ने यद्यपि त्रसित हुन नपर्ने,सचेत रहन भने सुझाब

२०८३ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( ३४ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -६ कात्तिक ।

मौसम विज्ञान विभागले गरेको पुर्वानुमान अनुसार आगामी साता मङ्गरबारदेखि देशका केही भू–भागमा वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । तर सम्भावित हुन सक्ने वर्षाका कारण त्रसित नहुन सबै पक्षसँग अनुरोध गरेको हो।

हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै नेपालका केही भुभागमा वर्षा भए पनि आत्तिइ हाल्नु पर्ने अवस्था नरहेको पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले स्पष्ट पारेका हुन्।

“यद्यपि आगामी मङ्गलबारदेखि भने वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति मिली मिटरसम्म र कहिलेसम्म वर्षा हुने भने हाल निश्चित नभैसकेको उनको भनाई छ ।

“अहिले सामाजिक सञ्जालमा एक सातासम्म वर्षा हुन्छ भनेर फैलाइएको अनावश्यक हल्लाले भर्खरै सुरु भएको हिउँदे वाली भित्र्याउने तरखरमा रहेका किसानहरुलाई त्रसित नबनाउन अनुरोध गरेका छन्।

मौसमविद् महर्जनले पछिल्लो नेपालको अवस्था हेर्दा तीन दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको र सोही अनुमान लगभग मिल्ने तर साता दिनसम्मको पुर्वानुमान हाल गर्दा उचित नहुने बताएका छन्। “यसका लागी केही दिनपछि मात्रै आगामी साता हुने सम्भावित मौसम वदलीका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ।

यसैगरी सामाजिक संन्जालमा आएका बजार हल्लामा भन्दापनि मौसम तथा वर्षाको विषयमा विभागबाट आएका सही र आधिकारिक सुचना बमोजिमका समाचारहहरुलाई मात्रै विश्वास गर्न अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑