
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ कात्तिक ।
हाल पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिजोदेखि देशका विभिन्न भागमा पानी परिरहेको छ।
कात्तिक १२, १३ र १४ गते देशका केही स्थानमा हावाहुरी, चट्याङ र हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ।
मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज देशका विभिन्न स्थानमा आंशिक बदलीदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
सुक्रबार कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा लगातारको वर्षा भन्दापनि समय समयमा हल्कादेखि भारी वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै,आज तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने तथा काठमाडौं उपत्यकामा आंशिक बदली रहने भोलीसम्म केही वर्षाको सम्भावना रहेको छ।
मौसम विभागको पुर्व सुचना तथा जानकारी अनुसार कात्तिक १२, १३ र १४ गते हावाहुरी, चट्याङ र हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विशेष चेतावनी दिएको थियो ।












प्रतिक्रिया दिनुहोस