आज: २०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले उच्च जोखिम,८९ हजार विस्थापित

२०८३ कार्तिक १२, बुधबार मा प्रकाशित ( ११ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


काठमाडौं -११ कात्तिक ।

भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले उच्च जोखिम रहेको छ । पछिल्लो समयमा चक्रवातको उच्च जोखिम बढेपछी कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई प्रभावित पारेको हो।

तटीय क्षेत्रमा चक्रवात प्रवेश गर्नुअघि केही कमजोर देखिए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका विभिन्न तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा गराएको थियो । चक्रवात भित्री भागतर्फ अघि बढ्दै जाँदा थप कमजोर हुने र हावाको गति भोलिपल्ट प्रतिघण्टा ११० किलोमिटरसम्म झर्ने अनुमान गरिएको छ ।

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको तटीय क्षेत्र र यसको आसपासका जिल्ला ओडिसाका केही क्षेत्रमा आगामी चार घण्टासम्म भारी वर्षा र तीव्र हावा चल्ने जनाएको छ । विभागले चक्रवातको अग्रभाग जमिनमा प्रवेश गरिसकेको र तट पार गर्ने सम्पूर्ण प्रक्रिया पूरा हुन करिब चार घण्टा लाग्ने जानकारी गराएको छ ।

मङ्गलबार ढिलो अर्नब तर अत्यन्त शक्तिशाली चक्रवाती आँधीमा परिणत चलेको थियो । त्यसपछि तटीय क्षेत्रमा तीव्र हावा र भारी वर्षा भएको हो । भारतीय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार बङ्गालको खाडीमा आँधी तीव्र भएपछि यसको बाहिरी भागले मङ्गलबार रातिदेखि नै आन्ध्र प्रदेशको तटमा असर पार्न थालेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑