आज: २०८३ कार्तिक १४, शुक्रबार | Fri, 30, Oct, 2026

कांग्रेसका १९ पदाधिकारीको वरीयता तोकियो, को कति औं स्थानमा छन् ?

२०८३ कार्तिक १४, शुक्रबार मा प्रकाशित ( १ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ कात्तिक ।
नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित भई आएका १९ पदाधिकारीहरूको आधिकारिक वरीयता निर्धारण गरिएको छ।

पार्टीको कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रमपछी बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गरिएको हो।

वरीयताक्रम अनुसार पार्टी सभापति गगन थापा पहिलो स्थानमा छन् भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिलातर्फकी उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा परेकी छिन्।

खुलातर्फबाट निर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य क्रमशः चौथो र पाँचौँ वरीयतामा छन्, । समावेशीतर्फका उपसभापति विनोद चौधरी छैटौँ वरीयतामा छन्।

यसैगरी,महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, महिलातर्फकी महामन्त्री डा.डिला संग्रौला पन्त आठौँ र खुलातर्फका महामन्त्री उदय शमशेर राणा नवौँ वरीयतामा छन्।

११ जना सहमहामन्त्रीहरूमध्ये जनजातितर्फका सहमहामन्त्री बहादुर सिंह लामा समग्रमा १० औँ स्थानमा र सहमहामन्त्रीमध्यमा पहिलो स्थानमा परेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑