
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१४ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समचार लेखेकै भरमा केही पत्रकारहरुलाई नियन्त्रणमा लिएको घटनाका दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्रधानन्यायधीशको विवादित विषयमा समचार लेखेको भरमा सुक्रबार प्रहरीले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
रास्वपाको पार्टी सचिवालयमा आज बसेको केन्द्रीय समितिको बैठकले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने कार्य गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रता र सुनिश्चित गर्न पार्टीले सरकारलाई आग्रहसमेत गरेको छ।
बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनाको कारण र संलग्न व्यक्तिबारे निष्पक्ष छानबिन गरी दोषीमाथि शीघ्र कारबाही गर्नुपर्ने बताएका छन्। प्रवक्ता खरेलले दोषीमाथी कारबाहीमा कुनै सम्झौता नगर्न पनि सरकारलाई आग्रह गरेका हुन्।
पछिल्लो समयमा नेपाल प्रहरीका आईएजीपी दानवहादुर कार्की, प्रधानन्यायधीश मनोजकुमार शर्मा, पुर्व प्रधानन्यायधीश चोलेन्द्र सम्शेर जबरा लगायतको विषयले निकै चर्चा पाएको अवस्था छ ।
रास्वपाले समसामहिक विषयमा समचार लेखेकै भरमा पत्रकारमाथी धरपकड गर्ने दोषीमाथी आवश्यक कारबाही गर्न पार्टीको तर्फबाट निर्देशन दिएको हो । साथै प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सोसल डेमोक्रेसीलाई आत्मसात् गर्ने रास्वपाले स्पष्ट पारेको छ।












प्रतिक्रिया दिनुहोस