आज: २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06, Nov, 2026

आजदेखी तिहार पर्व सुरु देवी लक्ष्मीको प्रतिकका रुपमा नयाँ सामान किनेर धनतेरस मनाईँदै

२०८३ कार्तिक २१, शुक्रबार मा प्रकाशित ( ४५ मिनेट अघि) २१८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० कात्तिक ।

नेपालीको दोस्रो ठूलो चाड आजदेखी तिहार पर्व सुरु हुँदैछ। यस वर्ष तिथि घटबढका कारण चाडपर्वको दिनसमेत घटबढ भएको भने यो तिहार पर्व पनि छ दिनको रहेको छ । आदेखी सुरु हुने तिहारको पुर्व सन्ध्यामा पहाडी क्षेत्रका समुदायले धनतेरस मनाउने परम्परा छ।

तर मधेसका महोत्तरी लगायतका जिल्लाहरुमा भने प्राचीनकालदेखी मिथिला पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने गरिन्छ ।

मिथिला क्षेत्रमा यो पर्वमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझमा दीपमालिका गर्दै घरमा नयाँ धातुका भाँडा वा गरगहना किनेर पूजा गरिने प्रचलन छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइँदैछ ।

पाँचदिनसम्म मनाईँले दीपावली पर्वको आज पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई मन पर्ने धातु तथा तामाका गहना र भाँडाहरु किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस पर्व मनाइने गरिन्छ।

आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएकोले भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने नेपाल पञ्चाङ्ग निर्णयाक समितिले जनाएको छ । समितिका अनुसार त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको जनाएको छ।

दीपावली पर्वको तेस्रो दिन पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑