
बिबियु, नारी वाटिका डट्कम
धादिङ -१८ कात्तिक ।
धादिङको फुर्केखोलामा पन्टुन ब्रिज राख्ने काम तत्कालै हुने भएको छ ।
गत भदौ १० मा भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीले धादिङको जिल्ला सदरमुकामलगायत ८ पालिका जोड्ने राष्ट्रीय लाइभलाइनको मलेखु फुर्केखोलास्थितको मोटरेवल पुल बाढीले बगाएपछी त्यसयता धादिङ जिल्लाका नागरिकको लागी आवागमनको उपाय नहनाले निकै कष्टकर अवस्था रहेको थियो ।
करिब ३ महिनादेखी त्रिशुली पारी हाइवै जोड्ने माध्यम नहुंदा आवतजावतमा निकै समस्या खेप्दै आएका धादिङका नागरिकको लागी तत्कालको लागी तथा अस्थाइ रुपमा भएपनि फुर्केखोलामा पन्टुन ब्रिज राख्न विशेष जोडका साथ धादिङका १३ वटै पालिका प्रमुख उपप्रमुखहरुको अथक प्रयास भएको छ । सामाग्री ल्याउने कार्यमा लागी रहन् भएका
साथै यस महत्वपुर्ण कार्यको लागी संयोजनको भुमिकामा रहनु भएका धादिङ नीलकण्ठ नगरपालिकाका एव्ं नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगाना र धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले उक्त स्थानमा पन्टुन ब्रिजको निर्माण सामान ल्याउन विशेष भुमिका खेलिरहनु भएको छ ।
पन्टुन ब्रिजका सामान छिटोभन्दा छिटो धादिङ ल्याएर नागरिकको आवत जावतलाई सहज बनाउन लागि रहेको प्रमुख ढुंगानाको भनाई छ । यसका लागी कानूनी प्रक्रियाहरू सबै पुरा भई सकेको र राजापुरबाट पन्टुन पुलका सामान लोड भईसकेको उहाँले जानकारी दिनु भएको छ ।
मेयर ढुंगानाले अबको दृइ दिनभित्र फुर्केखोलामा सामाग्री आईपुग्ने र पुल जडानको काम तिव्र रूपमा अघि बढाइने बताउनु भएको छ । पुल राख्न बाटो खन्ने लगायत अरू प्रक्रिया पुरा गर्ने तयारी गरिँदैछ ।












प्रतिक्रिया दिनुहोस