आज: २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06, Nov, 2026

बल्ल स्वीकार गर्यो नरेश भट्टले अमेरिकामा श्रीमती ममताको हत्यापछी टुक्रा पारेको घटना

२०८३ कार्तिक २१, शुक्रबार मा प्रकाशित ( ६ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० कात्तिक ।

अमेरिकन सेनामा जागिरे नरेश भट्टले आफ्नै श्रीमती ममता काफ्लेलाई आफैले टुक्रा टुक्रा पारी मारेको घटना प्रहरीसमक्ष स्वीकार गरेका छन् । विगत दुइ वर्षअघि अमेरिकाको भर्जिनियामा भएको नेपाली मुलका नरेश भट्टले नर्स सेवामा कार्यरत एक छोरीकी आमा आफ्नी श्रीमती ममताको हत्या गरी टुक्रा टुक्राा पारेको नजिकैको कुखुरा फारमा लगेर राखेको स्वीकार गरेका हुन् ।

विदेशी भुमिमा रहेका नेपाली समुदाय त्यसमामथी पनि आफ्नै जिवन संगीनी भर्जिनियाको ठुलो चर्चामा रहेको ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका आफ्नै श्रीमान नरेश भट्टले अर्की केटीसंग लागेर आफैले पत्नीको शव टुक्राटुक्रा पारेको स्वीकार गरे।

भर्जिनिया राज्यमा जारी सुनुवाइका क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान आफ्नी पत्नी ममतालाई बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि शव टुक्राटुक्रा पारेको बयान दिएका हुन्।

अदालतमा पेस भएको बयान अनुसार घटनाको दिन ममताको अनुहार र भुइँमा बान्ता देखिएको थियो। उक्त बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल तथा कृषि क्षेत्रमा कीरा मार्न प्रयोग हुने शक्तिशाली रसायन ‘सेल्फोस’ (एल्युमिनियम फोस्फाइड) को समेत प्रयोग भएको आशंका गरिएको थियो ।

मृत ममतालाई बाथरुममा सारेपछि उनले बेडरुमको ढोकामा बच्चाको सामान राखेर बन्द गरेका थिए। नरेशमाथि पत्नीको हत्या गरेको, शव लुकाएको र मृत शरीरको अपमान गरेको गम्भीर आरोप लागेको छ। तर, प्रहरीले यसअघि नै व्यापक खोजबिन गरे पनि ममताको शव अहिलेसम्म फेला पार्न भने सकेको छैन।

, भर्जिनियाको प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता काफ्ले काममा नगएपछि उनको खोजी भएको थियो। ममता आफ्नी सानी शिशु छोरीलाई छाडेर कहिल्यै कतै नजाने परिवार र इष्टमित्रले बताएका थिए। घटनालाई सामसुम पार्न नरेशले सन् २०२४ अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा आफैले उजुरी दिएका थिए र ममताले सम्बन्धविच्छेदको कुरा गरेको पनि दाबी गरेका थिए।

तर, अनुसन्धानका क्रममा प्रहरीले उनीहरू बस्ने घरको बेडरुम र बाथरुममा रगतका दागहरू फेला पारेको थियो। यसका साथै, घरबाटै कपालका टुक्रा टाँसिएको एउटा पावर (करत) हतियार समेत बरामद गरिएको थियो।

प्रमाणहरू फेला परेपछि प्रहरीले सन् २०२४ अगस्ट २२ का दिन नरेशलाई पक्राउ गरी त्यसयता निरन्तर प्रहरी हिरासतमा राखेर अदालतमा घटनासम्बन्धी कानुनी प्रक्रिया जारी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑