
नारी वाटिका डट्कम
दैलेख-२२ कात्तिक ।
दैलेखको ठाटीकाँध गाउँपालिका–३ धनकोटमा हँसिया प्रहार गरी एक महिलाको हत्या भएको छ भने घटनामा चार जना गम्भीर घाइते भएका छन्।
सोही गाउँपालिका–४ बस्ने ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गरी सोही गाउँकी चैती पुन मगरको हत्या गरेका हुन्।
एकै स्थानमा बस्ने रावलले मृतक तथा घाइतेका घरघरमै गएर हँसिया प्रहार गरेको बताइएको छ। उनी विगत दुई–तीन वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका
मानसीक रोगी भएको बताइएको छ ।
घटनामा घाइते भएका अन्य चारै जनाको अवस्था गम्भीर रहेको र घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउन एम्बुलेन्स घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस