आज: २०८३ कार्तिक २९, शनिबार | Sat, 14, Nov, 2026

नेपाली एमबिसीमा नोभेम्बर १६ देखि शुल्क नगदमै बुझाउनु पर्ने व्यवस्था

२०८३ कार्तिक २९, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


-२८ कात्तिक ।

अस्ट्रेलियाको राजधानी क्यानबेराको नेपाली राजदूतावासले आगामी नोभेम्बर १६, देखि सम्पुर्ण सेवाबापतको सरकारी राजस्व शुल्क नगदमै बुझाउन पर्ने व्यवस्था लागु गर्ने भएको छ।

अक्टोबर १ देखि अस्ट्रेलियामा लागू भएको नयाँ भुक्तानी व्यवस्था अनुसार त्यहाँ रहेका नेपालीहरुको भिसा थप,मास्टरकार्ड र एफ्ट्पेस्ल, राजदुतावासमा बुझाउनु पर्ने सबै सरकारी सेवा वापतको राजास्व शुल्कहरु यसअघि कार्डबाट भुक्तानी गर्दै आएकोमा अब उप्रान्त अतिरिक्त शुल्क लिन नपाइने भएपछि दूतावासले यस्तो व्यवस्था गर्न लागेको हो।

दूतावासका अनुसार अस्ट्रेलियन सरकारले बैंक तथा वित्तीय संस्थाले कार्डमार्फत हुने भुक्तानीमा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था लागू गरेपछि राजस्व रकम फिर्ता गर्ने प्रक्रियामा दूतावासलाई थप आर्थिक भार पर्ने भन्दै नगदै राजास्व शुल्क उठाउने निर्णय गरिएको जनाएको छ ।

हाललाई अस्थायी रुपमा यस्तो व्यवस्था रहेको र वैकल्पिक भुक्तानी प्रणालीको व्यवस्था नभएसम्म लागू रहने दूतावासले सुचना प्रकाशित गरी जनाएको छ।

त्यहाँ रहेका केही नेपाली सेवाग्राहीले भने दूतावासको यस्तो निर्णयप्रति टाढादेखी आउने सेवाग्राहीलाई असुविधा हुने जनाएका छन्। अस्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरुलाई दूतावासको सेवा लिन क्यानबेरा पुग्ने नेपालीका लागि नगद भुक्तानीको व्यवस्था असहज हुन सक्ने उनीहरुको भनाइ छ ।

वैकल्पिक डिजिटल भुक्तानी प्रणालीको व्यवस्था नहुँदासम्म सेवाग्राहीले सरकारी शुल्क नगदमै बुझाउनु पर्ने भएकाले दूतावास जानेहरूले आवश्यक रकमको पूर्वतयारी गर्न दूतावासले जारी गरेको सुचनाप्रति जानकारी हुन आवश्यक छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑