आज: २०८३ कार्तिक २९, शनिबार | Sat, 14, Nov, 2026

छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदै

२०८३ कार्तिक २९, शनिबार मा प्रकाशित ( १३ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२८ कात्तिक ।

मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदैछ । चार दिनसम्म उल्लासमय रुपमा मनाइने यस पर्वको आज दोस्रो दिन बर्तालुले श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि गर्दैछन् ।

कात्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्वका बर्तालुले व्रत सङ्कल्प गरी सुरु गरेका थिए ।

बर्तालुले आज पञ्चमीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भएर दिनभर निराहार व्रत बस्रने र साँझ चन्द्र दर्शन गरीसकेपछि सख्खर, दूध र चामलबाट बनाइएको खीर छठी मातालाई प्रसादका रुपमा चढाएर आफुले ग्रहण गर्ने गरिन्छ ।

त्यसैगरी, भोली छठ पर्वको तेस्रो दिन षष्ठी तिथिमा बर्तालुहरु जलाशय तथा नदी किनारमा तयार गरिएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्दछन् । मिथिला भाषामा यसलाई ‘सझुका अरख’ भनिन्छ । त्यसपछी चौथो दिन अर्थात सप्तमीका दिन उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि मात्रै छठ पर्वको समापन हुने गर्दछ ।

मिथिला भाषामा यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । त्यस्तै छठ पर्वमा ठकुवा, भुसुवा लगायतका परम्परागत मिष्टान्न तथा शुद्ध परिकारहरु तयार गरी प्रसादका रुपमा छठी मातालाई चढाएर आफु घर परिवारले भोजन गरिन्छ ।

त्यस्तै यी परिकारहरुलाई आफन्त तथा इष्टमित्रलाई पनि बाँड्ने परमपरा रहेको छ ।विशेष गरी मधेसवासी हिन्दू समुदायमा मात्रै प्रचलित यस छठ पर्व पछिल्लो समयमा पहाडी हिन्दू समुदायमा पनि महत्व बड्दै गएको छ ।

अझै महत्वपुर्ण कुरा त मुस्लिम समुदायले पनि यस छठी मातालाई धार्मिक आस्था विस्वासका साथ श्रद्धा र सद्भाव राखी सहभागिता जनाउने गरेका छन् । सबै धर्म, जाति र समुदायको सहभागिताले छठ पर्व मिथिला क्षेत्रको साझा र महापर्वका रूपमा लिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑