
नारी वाटिका डट्कम
काठमाडौं-२ मङ्सिर ।
पछिल्लो समयमा बिपी राजमार्गमा सवारी दुर्घछना हुनेक्रम बढेको छ ।
हिजो मात्रै बिपी राजमार्ग कै दुई स्थानमा सवारी दुर्घटना भएको छ । यस्तै मंगलबार बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ पलासेमा दिउँसो विङ्गर गाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका थिए । घाइतेमध्य ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जनकपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको म.प्र.०४–००१ ज ०२४३ नं.को विङ्गर गाडी दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि हिजै साँझ सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
काठमाडौँ उपचारमा ल्याइएका सातै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै जनकपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अर्को माइक्रोबस पनि बीपी राजमार्गमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी १४ जना घाइते भएका थिए । पछिल्लो समयमा बिपि राजमार्गमा सवारी दुर्घटना हुनेक्रम बढेको पाइएको छ ।












प्रतिक्रिया दिनुहोस