आज: २०८३ मंसिर ४, बिहिबार | Thu, 19, Nov, 2026

मलेसिय श्रम सम्झौतामा ठगी आरोपमा दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ

२०८३ मंसिर ४, बिहिबार मा प्रकाशित ( १७ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं- ३ मंसिर ।

वैदेशिक रोजगारीका लागी मलेसिया र नेपालबीच भएको श्रम सम्झौता (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित छ जनालाई सिआइबीले पक्राउ गरेको छ ।

कैलाश खड्का समेत भएको ठगीसम्बन्धी तथा सङ्गठित अपराध निवारण ऐन,२०७० अन्तर्गतको कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकाहरुको विरुद्धमा मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र मिचेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्‍याउने निर्णय गरेको आरोप लागेको छ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर, र रामेश्वर राय यादव रहेका छन्। अछामको चौरपाटी गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ बस्ने कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका बेल्हीका यादवलाई सोही प्रकरणमा नियन्त्रणमा लिइएको सिआईबीले जनाएको छ

त्यस्तै, पक्राउ मर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल रहेका छन्।

साथै, रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव निर्मला गुरुङलाई पनि पक्राउ परी छन् । उनीहरुमाथी सिआइबीले थप अनुसन्धान गरीरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑