
बिबियु,नारी वाटिका डट्कम
धादिङ -३ मंसिर ।
हाल पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव छ। जसको प्रभावले आज कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल तराई, उपत्यका तथा खोँचहरुका अधिकांश स्थानमा तुवाँलो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस , बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। अन्य बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी,आज राति र भोली (शुक्रबार) दिउँसो कोशी तथा मधेस प्रदेशमा आंशिक बदली हुने र अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने छ।












प्रतिक्रिया दिनुहोस