आज: २०८३ मंसिर ४, शुक्रबार | Fri, 20, Nov, 2026

सुनको मुल्य घटेर आज २ लाख ४५ हजार ४००सयमा कारोबार

२०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित ( ६ मिनेट अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ ४ मंसिर ।

नेपाली बजारमा आज एकै दिन सुनको मूल्यमा भारी रुपमा गिरावट आएको छ। पछिल्ला दिनमा लगातार रुपमा मुल्य घटिरहेको अवस्थामा आज(शुक्रबार )सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज एकै दिन १२ हजार २०० रुपयाँ घटेर तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेर शुक्रबार ३ हजार ११० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

तिहार पर्व सकिए संगै नेपालमा पछिल्ला दिनमा सुनको मुल्यमा लगातार गिरावट आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑