आज: २०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

गाडी चोरीको आरोपमा धादिङका तामाङसहित २ जना पक्राउ

२०८३ मंसिर ६, आईतबार मा प्रकाशित ( १ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -६ मंसिर ।

माइक्रो गाडी चोरी गरेको आरोपमा धादिङका बाबुराम तामाङसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

उपत्यका प्रहरी परिसरले आइतबार एक विज्ञप्ति जारी गर्दै धादिङ गल्छी गाउँपालिका(६ घर भई हाल काठमाडौँ कलंकी बस्ने ३७ वर्षीय तामाङ र सिन्धुली लखनपुर घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उपत्यका प्रहरी परिसरका अनुसार गत कात्तिक २९ गते साँझ अन्दाजी १९ ः ४५ बजेको समयमा जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका–४ बाफल, मनमती करिडोर सामुदायिक भवन नजिक रहेको खाली जग्गामा पार्किङ गरि राखेको बा १ ज ९८०५ नम्बरको माइक्रो गाडी हराएको सूचना प्राप्त भएपछी प्रहरीले खोजी कार्य थालेको थियो ।

प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको गाडी र सोही दिन काठमाडौँ स्वयम्भू बुद्धपार्कबाट उक्त गाडी चोरीमा संलग्न आरोपित व्यक्तिलाई फेला पारेर नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेहरूलाई चोरीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौँबाट दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑