आज: २०८३ कार्तिक १७, सोमबार | Mon, 02, Nov, 2026

आँबुखैरेनीमा माइक्रो दुर्घटना हुंदा चालकसहित ११ जना घाइते

२०८३ कार्तिक १७, सोमबार मा प्रकाशित ( ५४ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
दमौली -१६ कात्तिक ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादी भन्ने स्थानमा आइतबार साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा माइक्रो चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ३७ वर्षीय भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ बस्ने ६३ वर्षीया राधादेवी बराल, ७३ वर्षीय लीलाधर बराल घाइते भएका छन्।

यसैगरी, पर्साको सखुवा पर्सौनीकी ३५ वर्षीया सपना चौधरी, कास्कीको पोखरा महानगरपालिका–१३ की ७३ वर्षीया चुनकुमारी गुरुङ, ४९ वर्षीया राधा गुरुङ, ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडीगाड–७ बस्ने २५ वर्षीय विपिना विक, महोत्तरी बलवा नगरपालिका–७ बस्ने ३६ वर्षीय रुपेश मिश्र घाइते भएको प्रहरीले जनाएको हो।

यस्तै घाइृतेमा तनहुँको व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय विकास ठकुरी, बन्दीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीया सृजना अछामी रहेका छन्। घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑