
धादिङ, ०३ मंसिर ।
आज करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।
पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको खगोलविद्ले बताएका छन्। यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।












प्रतिक्रिया दिनुहोस