
बिबियु,नारी वाटिका डट्कम
धादिङं -२६ असोज ।
जनस्वास्थ्य कार्यालय धादिङंको आ.व.२०८२।०८३ को वार्षिक समिक्षा कायक्रम आजदेखी धादिङवेशी सुरु भएको छ ।
वागमति प्रदेश मातहतको जनस्वास्थ्य कार्यालय धादिङदवारा आयोजित दुई दिने वार्षिक समिक्षा कार्याक्रममा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको समीक्षा गरिँदैछ ।
स्वास्थ्य कार्यालय धादिङंले जिल्लाभर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रभावकारी बनाउन मातहतका सबै स्वास्थ्य शाखाका प्रमुख तथा सम्वन्धित कर्मचारीहरुकाबिचमा आवश्यक छलफल गरिन लागिएको हो।
आर्थिक वर्षभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्यले आयोजित सञ्चारकर्मी तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न सूचक, तथ्यांक र अनुभवका आधारमा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको समीक्षा गरिएको हो।
जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा वागमति प्रदेशका स्वास्थ्य मन्त्री गिरीवहादुर तामाङको प्रमुख आतिथ्यतामा शोमबार उद्घाटन भएको हो । कार्यक्रममा धादिङं जिल्लास्थित १३ वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूले आ।व।२०८२ ।०८३ मा सञ्चालन गरेका कार्यक्रमहरूको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्ने छन् । 
असोज २६ र २७ गते दुई दिनसम्म धादिङवेशीमा संन्चालन हुने वार्षिक समिक्षा कार्यक्रममा नियमित खोप सेवा, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित मातृत्व कार्यक्रम, पोषण सुधार अभियान, परिवार नियोजन सेवा, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, एचआईभी तथा सरुवा रोग नियन्त्रण, नसर्ने रोग रोकथाम, मानसिक स्वास्थ्य, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका उपलब्धि र चुनौती बारे विस्तृत जानकारी दिईने छ । 
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नु हंदै वागमति प्रदेशका स्वास्थ्य मन्त्री तामाङले जिल्लाका सबै कार्यालय प्रमुखहरु तथा स्वास्थ्य कर्मचारीहरुले कार्यालयको समयमा अनिवार्य रुपमा सरकारी पोशाक र परिचयपत्र लगायर मात्रै कार्यालयमा आउन र तोकिएको समयभित्र पुरा समय बसेर नागरिकलाई सेवा दिनको लागी निर्देशन दिनु भएको छ । 
यससंगै मन्त्री तामाङले तोकिएको समयभन्दा बढी समय कार्यालयको काम गर्ने क्षर््मान्दार कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप ओटीको व्यवस्था पनि मन्त्रालयले गरिने भएकोले सो को जानकारी गराउन समेत अनुरोध गर्नु भयो ।
स्वास्थ्य मन्त्री तामाङले नागरिकमा उत्कृष्ट स्वास्य सेवा प्रदान गर्नको लागी पहिला त कर्मचारी आफैमा सम्वन्धित कार्यक्षेत्रमा दक्ष हुन आवश्यकता रहेको औंल्याउनु भयो ।
उहाँले स्वास्थ्यकर्मी तथा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्नका लागी जिल्लाहरुबाट माग आए तालिमको व्यवस्था मन्त्रालयले गर्ने जानकारी दिनु भयो । 
,कार्यक्रमका संयोजक एवं् जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुनप्रशाद पौडेलले स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण तथा समुदायमा आधारित स्वास्थ्य सेवाको पहुँच वृद्धिमा धादिङले उत्साह जनक उपलब्धि हासिल गरेको बताउनु भयो।
कार्यालय प्रमुख पौडेलका अनुसार मातृ तथा शिशु स्वास्थ्यमा सुधार, नियमित खोप कार्यक्रमको उच्च पहुँच, सुरक्षित प्रसूति सेवाको विस्तार तथा स्वास्थ्य सेवाप्रति नागरिकको पहुँचमा उल्लेखनीय प्रगति हुनको लागी दुर्गम भौगोलिक अवस्था, स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव, केही क्षेत्रमा सेवा पहुँचको कठिनाइ भएको जानकारी दिनु भयो । 
यस्तै, समुदायमा मौसमी अनुसारका रोग नियन्त्रणको स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्नु भयो। यी चुनौतीलाई सम्बोधन गर्न संघ, प्रदेश, स्थानीय तह, सञ्चार माध्यम तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको स्वास्थ् कार्यालयका प्रमुख पौडेलको भनाइ थियो।
कार्यक्रममा धादिङ जनस्वास्थ्य कार्यालयका तथ्याङक अधिकृत राजन कुमार चालिसेले आर्थिक वर्षभर सञ्चालन भएका कार्यक्रमहरूको तथ्यांकसहित समीक्षा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, आधुनिक उपकरणको उपयुक्त प्रयोग, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सचेतनामूलक अभियानको विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाइने जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस