आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

मामा र भान्जा बीच कुटपिट हुँदा धादिङका राजु पुलामी मगरको मृत्यु

२०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित ( ४ साल अघि) ५८०१ पटक पढिएको
नारी बाटिका


धादिङ,१० मंसिर ।
थानकोटमा मामा र भान्जा बीच कुटपिट हुँदा गम्भीर घाइते भएका मामाको मृत्यु भएको छ । धादिङ थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–५ बस्ने ३९ वर्षीय राजु पुलामी मगर रहेको प्रहरीले जानकारी जनाएको छ ।
बिहीबार साँझ भान्जा सोही ठाउँ बस्ने १९ वर्षीय मिलन लुङ्गेली मगरले कुटपिट गर्दा पुलामी सख्त घाइते भएका थिए। घाइते पुलामी मगरको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर सेन्टरमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। मिलनलाई बिहीबार साँझ नै पक्राउ गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस