आज:  | Wed, 15, May, 2024

गजुरीबजारबाट सालकको खपटा सहित दुई जना पक्राउ

१० फाल्गुन २०७८, मंगलवार १७:३६ मा प्रकाशित ( २ साल अघि) ३०५ पाठक संख्या
नारी बाटिका


धादिङ –धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गजुरीबजारबाट सालकको खपटा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आइतबार बेलुकी आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना. ८ ख ८४२९ नम्बरको ट्रकलाई चेकजाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा एक किलो खपटासहित फेला पारेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २३ वर्षीय शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षीय मान बहादुर तामाङ रहेका छन् ।

संरक्षित वन्यजन्तु सालकको खपटाको कारोबार तथा ओसारपसार हुँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीको टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले बरामद गरिएको सालकको खपटासहित ट्रक, मोबाइलसहित पक्राउ गरिएकाहरुलाई आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस