
धादिङ– जिल्ला अस्पताल धादिङमा पहिलो पटक एपेण्डिसाईटिस अपरेसन सेवा सुरु भएको छ ।
अस्पतालले आधुनिक अपरेसन कक्ष, आफ्नै अक्सिजन प्लान्ट निर्माण र दक्ष जनशक्ति सर्जन डाक्टरको व्यवस्थापन पछि सो सेवा सुरु गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिनुभयो ।
पेट दुखेर अस्पताल आएका दोलखा जिल्ला निवासी एक २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल अपरेसन गरेको हो ।
एपेन्डिसाईटिसको मेडिकल सर्जन डा. शंकरराज लामिछाने, डा.रामचन्द्र रिजाल, स्टाफ नर्स रुबि श्रेष्ठ, अनमी सुरुची लामा र सहयोगी सन्जु रिजालको टिमले सफल अपरेसन गरेको हो । अपरेसन पछि बिरामीको अवस्था सामान्य रहेकोले डिस्चार्ज गरिएको छ ।












प्रतिक्रिया दिनुहोस