
बिबियु,नारी वाटिका डट्कम
धादिङ १८ कात्तिक ।
राष्ट्रिय कार्यक्रम अन्तर्गत कात्तिक यही १७ गते मंगलबारदेखी आजसम्म दुई दिन देशभरका बालबालिकालाई सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिरहेको छ।
सोही कार्यक्रम अन्तर्रगत जनस्वास्थ्य कार्यालय धादिङले कात्तिक १७ र १८ गते नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ महिना देखी ११ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन खुवाउने अभियान संन्चालन गरेको जानकारी दिएको हो ।
जनस्वास्थ्य कार्यालय धादिङका अनुसार १२ महिनादेखी ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ुएु र जुकाको औषधी पनि खुवाउने अभियान चलिरहेको जनाएको छ ।
सरकारले प्रत्यक वर्ष यस उमेर समुहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान देशभरमा नै संन्चालन गर्दै आइरहेको छ ।












प्रतिक्रिया दिनुहोस