
नारी बाटिका
धादिङ – धादिङमा नमुना मतदान कार्यक्रम गरिएको छ । आज जिल्ला समन्वय समिति धादिङको परिसरमा मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालय धादिङ द्धारा नमुना मतदान गरिएको हो ।
मतदाता शिक्षा नहुँदा मत बदरको सम्भावना बढी हुने भएकाले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीले बताउनुभयो ।
उहाँका अनुसार मतदाता शिक्षा सञ्चालन भएको वर्षमा समेत मत बदर हुने गरेको पाइएकाले यस वर्ष मतदाता शिक्षा नभएकाले नमुना मतदान गरिएको हो ।
आज धादिङको नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगाएत विभिन्न स्थानीय तहमा निर्वाचनको लागि खटिने कर्मचारीहरुलाई नमुना मतदान तालिम दिएको थियो ।








प्रतिक्रिया दिनुहोस