
नारी बाटिका
धादिङ – बैशाख ३० गते अर्थात् भोलि हुने स्थानीय तहको निर्वाचनको लागि सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।
धादिङका मूख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीका अनुसार धादिङको सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिनुभयो ।
त्यस्तै अशक्त, अपाङगता, गर्भवती वृद्धवृद्धाहरुको लागि मतदान गर्ने छुट्टै विस्राम लाईनको व्यवस्था गरिएको ज्ञवालीले बताउनुभयो । धादिङमा मतदान स्थल १०९ र मतदान केन्द्र ३०३ रहेको छ भने निर्वाचनको लागि १५ हजार १४ कर्मचारीलाई परिचालन गरिएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।
त्यसमध्ये धादिङमा कुल जम्मा मतदाता संख्या २ लाख ६८ हजार ४ सय ७२ मदाता रहेका छन् । जसमा महिला १ लाख ३६ हजार ४ सय ३१ जना, १ लाख १ लाख ३२ हजार ४० र अन्य मतदाता १ जना रहेका छन् ।








प्रतिक्रिया दिनुहोस