आज: २०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

मन्त्रालयको संख्या १७मा झारियो,शक्तिशाली मनत्रालय,प्रधानमन्त्री कै जिम्मामा

२०८३ बैशाख २१, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धादिङ -२१ वैशाख ।

प्रधानमन्त्री बालेन शाहले केही मन्त्रालय प्रधानमन्त्री कार्यालय कै जिम्मामा राख्ने गरी २२ मन्त्रालयलाई घटाएर १७ मा झार्ने तयारी गर्नु भएको छ ।

सोही बमोजिम शोमबार मन्त्रालयहरूको नयाँ स्वरूप तयार पारेको हो । सरकारको सयदिने कार्यसूचीमा मन्त्रालयको संख्या १७ मा झार्ने उल्लेख भए बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हाल भैइरहेको २२ वटा मन्त्रालयबाट घटाएर १७ वटा मन्त्रालयमा सीमित गर्ने गरी तयार पारिएको हो ।

यसरी नयाँ शैलीमा मन्त्रालयको संख्या अनुसार तयार पारिएकामध्य केही मन्त्रालयहरू खारेज गरिएको छ । केहीलाई भने अन्यमा मर्ज गरिएको छ ।
हाल कायम रहेका २१ वटा मन्त्रालयलाई १६ मा झार्ने गरी गृहकार्य भैइरहेकाले ५ वटा मन्त्रालयको खासै अस्तित्व नरहने भएको हो ।

सोही बमोजिम युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्न प्रस्ताव गरिएको छ । तर युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टयाइनेछ । खेलकुदलाई शिक्षा मन्त्रालयमा मर्ज गर्दै शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ ।

युवालाई भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर महिला बालबालिका लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने तयारी सरकारको हो ।

त्यसैगरी खानेपानी तथा सरसफाइ मन्त्रालयबाट सरसफाइलाई छुट्टयाएर स्वास्थ्य मन्त्रालयमा गाभ्ने तयारी छ । त्यस्तै, खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयलाई मर्ज गर्दै एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाइने भएको छ । त्यस्तै, भौतिक मन्त्रालयबाट छुट्टयाएर यातायातलाई श्रममा लैजाने गृहकार्य भैइरहेको छ ।

साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि, शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि निकालेर प्रधानमन्त्री मातहतमा लैजाने र तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग फेरि प्रम कार्यालय मातहत ल्याइने साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित प्रधानमन्त्री कार्यालय मातहत ल्याउने गरी तयारी थालिएको हो ।

१७ मन्त्रालयको नयाँ प्रारूप अनुसार

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

२.अर्थ मन्त्रालय

३. गृह मन्त्रालय

४. परराष्ट्र मन्त्रालय

५. कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

७. शिक्षा तथा खेलकुद मन्त्रालय

८. कृषि, भूमि, सहकारी तथा ग्रामीण विकास मन्त्रालय

९. सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय

१०.उद्योग, वाणिज्य तथा नवप्रवद्र्धन मन्त्रालय

११. युवा, श्रम तथा रोजगार मन्त्रालय

१२। ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय

१३. एकीकृत पूर्वाधार मन्त्रालय ९भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहकारी विकास, खानेपानी मन्त्रालय मर्ज०

१४. वन पर्यावरण तथा जलवायु मन्त्रालय

१५. संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

१६.सञ्चार मन्त्रालय

१७. रक्षा मन्त्रालय

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस