आज: २०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा अनुसन्धान विभागको छापा

२०८३ बैशाख २१, सोमबार मा प्रकाशित ( ४ महिना अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता

धादिङ -२१ वैशाख।

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। मुख्यमन्त्री बानियाँको घर तथा उनका कार्यालयमा सोमबार शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको हो।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दलका नेता एव्ं बागमति प्रदेश कै मुख्यमन्त्री बानियाँको काठमाडौंको नक्सालमा संन्चालित कार्यालय र सुन्धारास्थित कार्यालय तथा हेटौंडामा रहेको घर र कार्यालय सबैमा छापा मारेको छ ।

तर उहाँका सबै निजी कार्यालय र घरमा छामा मार्नुको कारण भने खुलाइएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑