
बिबियु- नारी वाटिका संवाददाता
धादिङ- २२ वैशाख ।
जल तथा मौसम विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भागको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मौसममा बदली आएको जनाएको छ।
आज पनि दिउँसो पख विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ। विभागका अनुसार आज दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामासमेत तीव्र हावाहुरीको सम्भावना रहेको सुचना दिएको हो।
यसैगरी मंगलबार राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका जिल्लामा समेत तीव्र हावाहुरीको सम्भावना रहेको उल्लेख गर्दै विभागले ,‘हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरेको हो ।’












प्रतिक्रिया दिनुहोस