आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

धादिङ प्रहरी कार्यालयदवरा जबजरस्ती करणीका फरार प्रतिवादी पक्राउ

२०८३ बैशाख २२, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -२२ वैशाख।

जिल्ला धादिङ प्रहरी कार्यालयद्वारा “नाबािलकालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजिवराज नगरपािलका वडा नं. ११ घर भएका वर्र्ष २० का पुरुषोतम यादव रहेका छन् । यादवले धादिङकी एक नावािलकालाई पटक पटक जवरजस्ती करणी गरी गर्भवती बनाई फरार भएका थिए ।

ति नावािलका गर्र्भवती भएको परिवारजनले थाहा पाएपछी जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दरखास्त दिएका थिए । यादवको खोजतलास गर्ने क्रममा मोरङ विराटनगर स्थित
कन्चनवारी भन्ने स्थानमा लुकिछिपी बिसरहेको भन्ने सूचना प्राप्त भएको थियो ।

सोही बमोिजम फरार यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यही वैशाख १९ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको र निजलाई वैशाख २१ गते जिल्ला अदालत धादिङमा उपस्थित गराइ, थप अनुसनधानको लागी सात दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस