आज:  | Fri, 28, Mar, 2025

आँबुखैरेनीको सडक भासिएको ठाउँमा २ जनाको शव र कार फेला

२७ जेष्ठ २०७९, शुक्रबार ०९:५२ मा प्रकाशित ( २ साल अघि) २३६१ पटक पढिएको
नारी बाटिका


काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्रमा परेका छन् ।( ईकान्तिपुर )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस