आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

पदयात्रामा गएका तीन युवक सम्पर्क विहीन, खोजी कार्य तिब्र

२०८३ श्रावण २०, बुधबार मा प्रकाशित ( १ महिना अघि) २६०५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
कास्की २० साउन ।

मर्दी हिमाल पदयात्राबाट फकिएका तीन जना युवकहरु सम्पर्क विहीन भएपछी उनीहरुको खोजी कार्य थालिएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ मर्दी हिमाल पदयात्रामा गएर फर्कने क्रममा उनीहरु सम्पर्क विहीन भएका हुन्।

प्रारम्भीक जानकारी अनुसार उनीहरु माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेका हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ।

तर तिनैजना युवकहरूको मोबाइल बन्द रहेकोले माछापुछ्रे–६ भेँडाबारीमा रहेको अस्थायी प्रहरी पोष्टले बताएको छ। उनीहरु “मर्दी हिमालको हाइ क्याम्पबाट फर्कँदा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनासंगै बिहानै देखि प्रहरीले खोजी गरीरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस