आज: २०८३ श्रावण २१, बिहिबार | Thu, 06, Aug, 2026

देशभर मनसुनी प्रभाव,अधिकांश स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना

२०८३ श्रावण २१, बिहिबार मा प्रकाशित ( ५ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२१ साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर नै मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक हुंदा देशको अधिकांश स्थानमा सामान्यदेखि पूर्ण रुपमा मौसम बदली भएको जनाएको छ।

जसका कारण आज कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका धेरै स्थान,कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने पुर्वानुमान गरिएको छ।

त्यसैगरी बागमती,गण्डकी, कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आज बिहिबार पनि सतर्कता अपनाउन पुर्वानुमान महाशाखाले आग्रह गरेको छ।

साथै आज रातिको समयमा पनि हिमाली, पहाडी भुभाग तथा देशका तराई क्षेत्रका केही भुभागमा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस