आज:  | Tue, 18, Feb, 2025

जिसस धादिङका पदाधिकारी तथा सदस्यहरु द्धारा सपथ ग्रहण

२९ जेष्ठ २०७९, आईतवार १९:२२ मा प्रकाशित ( २ साल अघि) १०९१ पटक पढिएको
नारी बाटिका


धादिङ – जिल्ला समन्वय समिति धादिङका नवि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि नवि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले प्रमाण पत्र सहित सपथ ग्रहण गराउनुभएको हो ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात जेठ २७ गते (जिसस) को प्रमुख, उप—प्रमुख र सदस्यहरुको मनोनयन दर्ता गर्ने समय तालिका सार्वजनिक गरेको थियो । तोकिएको समयमा जिससको प्रमुखमा नेकपा माओवादी केन्द्रका नेता नवराज अधिकारी र उप—प्रमुखमा नेकपा एकिकृत समाजवादीका नेता कुलमान विकको मात्र उम्मेदवारी परेपछि दुवैजना निर्विरोध चयन हुनुभएको हो ।
त्यसै गरि बाँकि ७ जना सदस्यहरुमा सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी निर्विरोध चयन हुनुभएको हो । साथै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण पनि आजै गरेका छन् ।
सपथ ग्रहण गर्नुहुँदै नवनिर्वाचित जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले धादिङ जिल्लालाई चौतर्फी रुपमा समन्वयकारि भुमिका निर्वाह गर्ने क्रममा सबैको सल्लाह र सुझाव लिएर अगाडी बढ्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सदस्यहरु सबै नेपाली कांग्रेसका तर्फबाट चयन भएका हुन । सत्ता गठबन्धन दलहरुले यस अघि नै जिसस प्रमुख माओवादी केन्द्र, उप—प्रमुख समाजवादी र बाँकि सदस्य नेपाली कांग्रेसलाइ दिने सहमति गरेको थियो ।

जिससमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएका कारण सत्ता गठबन्धन दलका सबैजना निर्विरोध निर्वाचित हुनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस