आज:  | Sun, 19, May, 2024

शरीरमा पसिना आउनु छालाका लागि राम्रो

३ असार २०७९, शुक्रबार ०७:२६ मा प्रकाशित ( १ साल अघि) ५४१ पाठक संख्या
नारी बाटिका


कतिपय मानिसमा पसिनाले छाला तैलीय बनाउँछ र सबै छिद्र बन्द गर्छ भन्ने बुझाइ छ । यो गलत हो । पसिना नआउँदा पहिले नै भरिएको छिद्र र छालामा ब्ल्याकहेड्स बन्ने सम्भावना रहन्छ ।

गर्मीमा पसिना धेरै आएमा तिर्खा पनि बढी लाग्छ । पानी पनि बढी नै पिइन्छ । यसले शरीर हाइड्रेड बनाइरहन्छ र छालामा पनि फाइदा पु¥याउँछ । पसिनाले छालामा पु¥याउने फाइदा निम्नानुसार छन् ः

– पसिनाले शरीरमा भएका टक्सिन निकाल्न सहयोग पु¥याउँछ ।

– शरीरको सबै हानिकारक पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

– टक्सिन पसिनाका रूपमा बाहिर ननिस्किदा छालामा नोक्सान पु¥याई ब्ल्याकहेड्स तथा तिलकोठी आउने सम्भावना रहन्छ ।

– पसिना आउँदा शरीरबाट मिनरल्स र प्राकृतिक नुन निस्कन्छ । यसले एक एक्सफोलियटको काम गर्छ ।

– यसले रोमछिद्र सफा गरी छालामा जमेको फोहोर सफा गर्नुका साथै सुख्खा छाला तथा एलर्जीको समस्या पनि कम गर्छ ।

– अनुहारमा जमेको फोहोर सफा गर्छ र पसिनाले शरीरको फोहोर तथा मृत छालाका कोषिका बाहिर निकालेर छाला सफा बनाउँछ ।

– पसिनाका कारण छालाले फ्रेस महसुस गर्छ । कुनै पनि वर्क आउट तथा छिटो–छिटो हिँडेको एक घन्टापछि ऐनामा हेरेमा छालामा एक किसिमको चमक देखिन्छ । यही पसिनाले नै छालामा जमेको फोहोर सफा गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस