आज:  | Tue, 18, Feb, 2025

थप चार वटा सहकारी संस्था कालो सूचिमा

१२ असार २०७९, आईतवार १९:३७ मा प्रकाशित ( २ साल अघि) ८८२ पटक पढिएको
नारी बाटिका


काठमाडौं – थप चार वटा सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालो सूचिमा राखेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार नौ दिनमै चार वटा सहकारी कालोसूचीमा परेका हो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण थप चार वटा सहकारी संस्थाहरु कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रले असार ८ गते धादिङ स्थित तिरिमिरी बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचिमा राखेको छ । हाल यो संस्था अस्थित्वमा छैन । त्यस संस्था संग सम्बन्धीत व्यक्तीहरुमा अञ्जु श्रेष्ठ, इन्दिरा बस्नेत, केशव अधिकारी, लोकनाथ दल्लकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै असार ९ गते स्मृति बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचिमा राखेको छ । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरुमा विष्णु शर्मा र देबेन्द्र श्रेष्ठ रहेका छन् । ( सहकारी खबर )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस