
धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौँदीमा बस दुर्घटना हुँदा ४१ जना घाईते भएका छन् ।
काठमाण्डौबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस आज विहान साढे २ बजेको समयमा दुर्घटनामा परेको हो । बस आफै अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
दुर्घटनामा सामान्य घाईतेको १४ जनाको गल्छीमा , आदमघाट अस्पतालमा ४ जना र अन्य २२ जना घाईतेहरुको ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
दुर्घटनामा घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।












प्रतिक्रिया दिनुहोस