आज:  | Sun, 19, May, 2024

राजधानीमा झाडापखाला र हैजा संक्रमणको जोखिम बढ्दो ,

२४ असार २०७९, शुक्रबार २०:३७ मा प्रकाशित ( १ साल अघि) ३३७ पाठक संख्या
नारी बाटिका


नारी वाटिका समाचारदाता
२४ असार,२०७९,
धादिङ

राजधानीमा विशेष गरी झाडापखाला र हैजा संक्रमणको जोखिम बढ्दो अवस्थामा रहेकोले व्यक्तिगत तथा घर आगन,वरपर,सडक पेटी तथा वातावणिय प्रदुर्षणमा जनचेतनामुलक कार्यक्रमको साथै सरसफाईमा विशेष ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।

बर्खायाम सुरु भए सँगै पानीका मुहानहरु फोहोर हुने,धमिलो पानी आउने विषेश गरी वर्षायाम भएको कारण वाढी पहिरोले पानीलाई दुषित पार्ने गर्दछन् भने दुषित र पाmेहोर पानीको कारण यस्ता मौषममा झाडापखाला लाग्ने गर्दछ तेस्मा पनि वृद्ध वृद्धा,बालबालिका तथा कमजोर रोगी स्वास्थ्य अवस्था भएका वर्गमा छिटै दुषित किटाणु सर्ने जोखिम रहन्छ । तेस्तै गर्मी वडे संगै राजधानीमा झाडापखाला र हैजा संक्रमणको जोखिम बढीरहेको छ । ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी० ले पनि झाडापखला र हैजाको संक्रमणबाट बच्न सबैलाइ सचेत गराएको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामीहरु दिन प्रतिदिन भेटिन थालेका छन् । उपत्यकामा हालसम्म लगभग ८०्।९० जनामा हैजा रोग पुष्टि भई सकेको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा हैजा रोग पुष्टि भएको हो । हालसम्म संकलन गरिएका नमुना र परिक्षण अनुसार प्रदुषीत पानीकै कारण संक्रमण भएको रिपोर्ट आएका छन् । उपत्यकाको पिउने पानीमा इकोलाइ कोलिफर्म रहेको पुष्टि भएको छ ।

झाडापखाला र हैजा हुनु प्रदूषित पानीकै कारण भएको स्वास्थ्य सम्बन्धि विशेषज्ञहरुले बताएका छन् । बर्खायामको खोला, धारा, कुवाको साथै इनारको पानी, ट्युबवेलको पानी बढि प्रदूषित देखिएको छ । अर्को अच्चमम्को कुरा त सिल गरिएको जारका पानी पनि प्रदूषित भेटिएको छ । यद्यपी फरक–फरक ठाउँमा फरक तरिकाले पानी प्रदूषित भएको पाईन्छ । सिधैं इनार, कुवा, धारा लगायतका पानी पिउने गर्दा झाडापखाला र हैजा लागेको पाइएको छ । यो रोगको संक्रमण फैलिन नदिन रोकथाम र नियन्त्रणका कार्यक्रमहरु संचालन गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विभाग, स्थानीय सरकारका साथै सरोकारवाला निकायहरु तयारीमा लाग्नु आवश्यक छ ।

झाडापखला तथा हैजाका लक्षणहरु,
१। तारान्तार पखला लागिरहनु
२। शरिरका मांशपेशिहरु बाँउडिने
३। वान्ता हुने
४। थकान महशुस हुने
५। वेचैन हुने

झाडापखला र हैजाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन जरुरी पर्दछ। नियमित पानी उमालेर मात्र पिउनुपर्छ । पानीमा पिउस तथा क्लोरिन ट्याबलेट प्रयोग गर्नुपर्छ । नियमित रुपमा साबुन पानीले हात धुने, खाना खानु अघि , फोहोर पैला छोई सकेपछि र फोहोरजन्य ठाउँमा काम गरिसकेपछि राम्ररी साबुन पानीले मिची मिची हात धुनुपर्छ । खानाहरु सुरक्षित तरिकाले राख्ने, बासी र सडेगलेका खानेकुरा नखाने, संक्रमणको शंका लागेमा तत्काल स्वास्थ्य संस्थामा जचाउन जानुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस