आज:  | Fri, 17, Jan, 2025

बलात्कारको आरोप लागेका सन्दीप लामिछाने राष्ट्रिय टोलिबाट निलम्बित

२३ भाद्र २०७९, बिहीबार २२:१४ मा प्रकाशित ( २ साल अघि) १७३८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

क्यानले सन्दीपलाई काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जि जारी गरेको जनाउँदै कार्यसम्पादन समितिको निर्णय बमोजिम राष्ट्रिय टोलिबाट निम्लबन गरेको छ ।सन्दीपलाई आजै (बिहिबार) जबरजस्ती करणीको आरोपमा जिल्ला अदालत काठमाण्डौंले पक्राउ पुर्जि जारी गरेको हो ।

एक नाबालिका युवतीले लामिछिनेले आफुलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि लामिछाने विवादमा तानिएका हुन् । ति युवतीले दिएको सोहि जाहेरीको आधारमा अहिले प्रहरीले लामिछानेको वारेमा विभिन्न किसिमको अनुसन्धान गरिरहेको छ । साथै प्रहरी आफुसंग सबुत प्रमाण भएको पनि दाबी गरेको छ ।

साथै प्रहरीले क्यान समक्ष लामिछानेलाई छिट्टै स्वदेश फर्काउनको लागि पहल गर्नको लागि अनुरोध समेत गरेको छ । तर लामिछानेले आफु सीपीएलका सकेर मात्र स्वदेश फर्कने बताएको कुरा सचिव मल्लले जानकारी गराएका छन् । सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् । त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए । क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानी दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस