
बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ भदौ ।
नयाँ समिकरण गर्दै एमालेबाट मुख्यमन्त्री बनेका किरण थापा मगरका पक्षमा मतदान नगर्न नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले ह्विप जारी गरेको छ।
नेपाली काँग्रेका ईन्द्र बानियाँको नेतृत्वको सरकार ढलेपछी सोमबार बागमती प्रदेश सभामा विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था गरे बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची छ।
यसैगरी काँग्रेसले बैठकमा प्रदेशसभाको अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेश सभाका आफ्ना सदस्यलाई निर्देशन दिइएको हो ।












प्रतिक्रिया दिनुहोस