आज:  | Tue, 18, Feb, 2025

५८ औं राष्ट्रिय बाल दिवशको अवशरमा नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्था द्धारा १ सय ७५ जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण ।

३० भाद्र २०७९, बिहीबार २०:३० मा प्रकाशित ( २ साल अघि) १३३९ पटक पढिएको
नारी बाटिका


२०७९ भाद्र ३० विहिवार धादिङ
नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाद्धारा सयुक्त आयोजित कार्यक्रममा १ सय ७५ जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।५८ औं राष्ट्रिय बाल दिवशको अवशरमा बालबालिका विषेश कार्यक्रम सम्पन्न गरिएको हो ।
हरेक वर्ष भाद्र २९ का दिन राष्ट्रिय रुपमा मनाईने बाल दिवस नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाको संयुक्त आयोजानामा यस वर्ष पनि ५८ औं राष्ट्रिय बाल दिवसका अवशर पारी समुहका बालबालिकाहरुको सहभागितामा विषेश कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाईएको छ ।

नारी जागरण केन्द्र द्धारा विगत १० वर्षदेखी गठन गरिएको बाल समुहका प्राईमरी तहदेखी कक्षा १२ सम्मका बालबालिका हरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । जिल्लाका विभिन्न प्राईभेट तथा सरकारी स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई कापी,कलम,पेन्सिल,पेन्सिलकटर,ईल्याजर,आदी बालबालिकाहरुको पठनपाठनमा सम्वन्धित सामाग्रीहरु वितरण गरी राष्ट्रिय बाल दिवश कार्यक्रम नारी सुरक्षा आवास एवं् संस्थाको कार्यलय रहेको भवन धादिङबेशीमा सम्पन्न भएको उत्त कार्यक्रममा नारी विकास सहकारी संस्था शिक्षा उप समितीकी संयोजक पार्वती पौडेल,समितीका सदस्यहरु दमयन्ती थापामगर,सरस्वती लम्शाल थापाको सक्रियतामा केन्द्रकी कार्यकारी निर्देशक भगवती को अध्यक्षता र संस्थाका अभिभावक एवं् जेष्ठ नागरिक चित्र कु.भण्डारीको संयोजक्त्वमा सम्पन्न गरिएको हो ।
यसैगरी संस्थाले सहकारीको आवासिय भवन निर्माण, समुहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण, हिंसा प्रभावितको लागि काुननी परामर्श सहयोग निशुल्क प्रदान गरिरहेको, सहकारी प्रवद्र्धन र व्यवस्थापनमा सहयोग, र समुहमा अनुगमन निरिक्षण लागएतका विभिन्न कामहरु गरी जिल्लामा प्रभावकारी रुपमा काम गर्दै आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस