आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

यसवर्षको दसैँ आजदेखि सकिँदै

२०७९ आश्विन २३, आईतबार मा प्रकाशित ( ३ साल अघि) ७०४८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – यसवर्षको दसैँ आजदेखि सकिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ।आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर सेलाइन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात दसैँ हिन्दु नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आजको दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेहरूको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस