आज:  | Tue, 18, Feb, 2025

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

३१ आश्विन २०७९, सोमबार १७:५३ मा प्रकाशित ( २ साल अघि) ८८७ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमवार एक विज्ञप्ति निकालेर भोलि मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस